श्रीमानसँग पैसा असुल्न पूर्व प्रेमीसँग मिलेर आफ्नै अपहरण

श्रीमानसँग पैसा असुल्न पूर्व प्रेमीसँग मिलेर आफ्नै अपहरण

दोलखामा आफ्नै श्रीमानसँग पैसा असुल्न पूर्व प्रेमीसँग मिलेर नक्कली अपहरणको योजना बनाएको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेकाे छ।

मेलुङ गाउँपालिका २ की २१ वर्षिया अप्सरा कार्की र भीमेश्वर नगरपालिका ९, पिँडालुबारीका २४ वर्षिय दीपक खत्री नक्कली अपहरण गरी पैसा असुल्न खोजेको आरोपमा पक्राउ परेका हुन्।

दोलखा प्रहरीका अनुसार श्रीमानसँग पैसा असुल्ने योजना बनाएकी श्रीमती र उनका प्रेमी बुधबार पक्राउ परेका हुन्।

घटनाकाे विवरण

पक्राउ परेकी कार्की बैशाख १ गते आइतबार मेलुङ गाउँपालिका २ स्थित घरबाट शैलुङ गाउँपालिका ८ मा रहेको माइतीघर जान्छु भनी गएकोमा केही घण्टामै सम्पर्कबिहीन भएकी थिइन्।

बैशाख २ गते सोमबार काठमाडौंमा काम गर्ने श्रीमान् सूर्यबहादुर खड्काको मोबाइलमा अपरिचित नम्बर र श्रीमतीको मोबाइल नम्बरबाट छुट्टा छुट्टै तर एउटै ब्यहोराको म्यासेज आउँछ। श्रीमती अपहरणमा परेको धम्कीसहित उक्त म्यासेजमा एकलाख फिरौती माग गरिएको प्रहरीले जनाएको छ।

म्यासेजमा लेखिएको थियो “तिम्रो श्रीमती मेरो कब्जामा छ, श्रीमती चाहिने भए एकलाख रुपैयाँ लिएर आऊ, नभए तिम्रो श्रीमतीको लाश मात्र पाउने छौ। मागे जति रकम तुरुन्तै लिई श्रीमतीलाई लिन आउनु।” ‘

श्रीमती अपहरणमा परेको धम्की र फिरौती माग गरिएको म्यासेज आएपछि अत्तालिएका खड्काले तत्काल दोलखा प्रहरीलाई खबर गरेपछि सक्रिय भएको प्रहरीले २ दिनमै नक्कली अपहरणको नाटक गर्ने उनकै श्रीमाती र श्रीमतीका पूर्वपत्नीलाई पक्राउ गरेको हो।

प्रहरीले त्यसको खोजतलास गर्दा आफनै श्रीमतीले पूर्व प्रेमीसंग मिलेर नक्कली अपहरण गरेको खुल्न आएको हो । उनीहरुलाई भीमेश्वर नगरपालिका ९ स्थित पिंडालुबारीस्थित घरबाटै प्रहरीले प्रक्राउ गरेको हो । प्रक्राउ परेका उनीहरुले आफुहरुबीच प्रेम सम्बन्ध रहेको र भागेर अन्तै बस्ने र व्यवसाय गर्ने योजना बनाएर नक्कली अपहरण गरेको बताएका छन् ।

पक्राउ परेका दुबै जनालाई ‘अपराधिक लाभ लिन नहुने’ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.