हस्पिटलको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटियो नर्सको शव

हस्पिटलको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटियो नर्सको शव

धनुषा जिल्लामा रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

आइतबार बिहान हस्पिटल परिसरभित्रको शौचालयमा झुन्डिएको अवस्थामा महोत्तरीको गौशाला नगरपालिका स्थित रामनगरकी २४ वर्षीया रक्षा आलेको शव फेला फेला परेको हो ।

रक्षा आलेले लगभग रातको १ बजे तिर शौचालय भित्रैबाट ढोका बन्द गरी पासो लगाएकी धनुषा प्रहरी कार्यलयाले जनाएको छ । रक्षा आले हेल्थ केयर एंड रिसर्च सेंटरमा अनमी पोस्टमा ११ महीनादेखी कार्यरत थिइन् ।

प्रहरीका अनुसार मुचुल्का उठाइ शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

उक्त हस्पिटल स्वास्थ राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.