काठमाडौंबाट मनकामना जाँदै गरेको बस दुर्घटना: २ को मृत्यु २५ घाइते

काठमाडौंबाट मनकामना जाँदै गरेको बस दुर्घटना: २ को मृत्यु २५ घाइते

काठमाडौंबाट मनकामना जाँदै गरेको बस धादिङमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

बेनिघाट रोराङ गाउँपालिका-३ स्थित सलाङकोटमा बा४ख १४१५ नम्बरको बस दुर्घटना हुदा २ जनाकाे मृत्यु भएकाे हाे ।मृतककाे सनाखत हुन बाकी रहेकाे प्रहरीले जनाएकाे छ ।

घाइते भएका हरुको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले बताए । बसमा कतिजना यात्रु थिए भन्ने एकिन भएको छैन ।

ओभरटेक गर्ने क्रममा बस घुम्तिबाट २५ मिटर तल खसेको प्रत्यक्षदर्शीलाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.