प्रहरीले कसैसँग हात थाप्नु अक्षम्य अपराध : सर्वेन्द्र खनाल

प्रहरीले कसैसँग हात थाप्नु अक्षम्य अपराध : सर्वेन्द्र खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राजधानीको ट्राफिक व्यवस्थापन देशभरिमै नमुना र अनुकरणीय हुनुपर्ने बताउनु भएकाे छ ।

नेपाल पुलीस क्लव भृकुटीमण्डपमा आज उपत्यकाका ट्राफिक प्रहरीहरुलाई निर्देशन दिंदै आईजीपी खनालले जनताले प्रत्यक्ष रुपमा महसुस गर्नेगरी प्रहरीले सेवा दिनुपर्नेमा जोड दिनु भएकाे छ ।

प्रहरीले कसैसँग हात थाप्नु अक्षम्य अपराध हुने बताउँदै आईजीपी खनालले हालै सरकारले दिन लागेको प्रोत्साहन भत्ताको सुविधाले ट्राफिक प्रहरीलाई काम गर्न थप उर्जा मिल्ने उल्लेख गर्नुभयाे ।

ट्राफिक प्रहरीले गर्ने व्यवहार नम्र र शालिन हुनुपर्ने बताउँदै आईजीपी खनालले ‘हाम्रो सेवाले जनता मुस्कुराउँदै जाने वातावरण बन्नुपर्ने बताउनुभएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.