साढे तीन किलाे सुनसहित विमानस्थलबाट चार विदेशी महिला पक्राउ

साढे तीन किलाे सुनसहित विमानस्थलबाट चार विदेशी महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार  ३ सय ६६ ग्राम सुनसहित चार जना विदेशी महिला पक्राउ परेका छन्।

सुनसहित दुइ जना कम्बोडियन र दुइ भियतनामी नागरिकलाई पक्राउ परेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ। थाई एयरबाट नेपाल आएका उनीहरुले ६ वटा चुरा र ३ पिस जन्तर पाखुरामा बाँधेर ल्याएको अवस्थामा नियन्त्रणमा लिएको थियो। दुइ समुहमा रहेका उनीहरूका साथबाट एउटै परिणामकाे सुन बरामद भएकाे हाे। एउटा समुहले १६ सय ८३ ग्राम सुन ल्याएका हुन्।

भन्सारबाट बाहिर निस्किसकेको विशेष सूचनाका आधारमा खानतलासी लिँदा चारजनाका साथबाट ३ हजार ३ सय ६६ ग्राम सुन बरामद भएकाे हाे।

उनीहरू नेपालहुँदै भारत सुन तस्करीमा संलग्न रहेकाे प्रारम्भीक अनुसन्धानमा खुलेकाे हाे।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.