आगो लगाई श्रीमतिको हत्या प्रयास

आगो लगाई श्रीमतिको हत्या प्रयास

धनुषामा एक युवाले आफ्नै श्रीमतिलाई आगो लगाई हत्या गर्ने प्रयास गरेका छन् ।

धनुषाको शहिद नगरपालिका वडा नम्बर १ स्थित पुरवारी टोल चिरैया बस्ने १८ वर्षका मुकेशकुमार यादवले श्रीमति १६ वर्षीया निर्मला यादवलाई  काेठामा ढोका थुनेर जलाएका थिए ।

निर्मलाको चिच्चाहट  सुने पछि छिमेकीले उनकाे उद्धार गरी  जनकपुर अञ्चल अस्पताल पुर्‍याएका थिए । जनकपुर अञ्चल अस्पतालमा निर्मलाको उपचार हुन नसकेपछि अस्पतालले काठमाडौं रिफर गर्‍यो । निर्मलालाई शनिबार साँझ कीर्तिपुर अस्पतालमा भर्ना गरिएको छ । उनको ३५ प्रतिशत भन्दा बढि छाला जलेको छ ।

पीडित महिलाका आफन्तका अनुसार वैशाख ५ गते निर्मला एक्लै भएका बेला लागु पदार्थ तथा मदिरा सेवनमा नसाले मातिएका मुकेशले कुटपिट गर्दै मट्टीतेल छर्केर श्रीमतिलाई जलाउन खोजेको बुझिएको छ । उनीहरुबीच विवाह भएको १० महिना नवित्दै यस्तो घटना भएको आफन्तले बताएका छन् । निर्मलालाई पेट्रोल छर्केर आगो लगाएसँगै मुकेश भागेका थिए ।

फरार मुकेशकुमारलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.