प्रहरीको नयाँ योजना : एक प्रहरी, एक खाट, १२ हजार खाट अभाव

प्रहरीको नयाँ योजना : एक प्रहरी, एक खाट, १२ हजार खाट अभाव

प्रहरी प्रधान कार्यालयले एक प्रहरी, एक खाट र एक चौकी एक मोटरसाइकलको योजना अघि सारेको छ । खाटको अभावमा कतिपय स्थानमा भुईंमै सुत्नुपर्ने अवस्थाको अन्त्य गर्न याे अवधारणा अघि सारिएको जनाइएको छ ।

एक प्रहरी, एक खाट अभियानअर्न्तगत पहिलो चरणमा १२,००० थान खाट निर्माणको लक्ष्य राखिएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयाे।

प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालको एक वर्षे कार्यकाल पूरा भएको अवसरमा आयोजित कार्यक्रममा एसएसपी सुवेदीले भन्नुभयाे,‘‘खाट नभएका स्थानका लागि यो अभियान सुरू गर्न लागेका हौं । सम्बन्धित निकायको सम्वन्यमा अगाडि बढ्छौं ।’’

यस्तै एक प्रहरी चौकी एक मोटरसाइकल अनिवार्य अवधारणाअन्तगर्त ५०० मोटरसाइकल विरतण गरिएको र थप ३४० खरिद गरिएको जानकारी दिनुभयाे । पछिल्लो एक वर्षमा सात सय प्रहरी कार्यालयहरूमा मेश, शौचालय र स्नान गृहको निर्माण भएको पनि एसएसपी सुवेदीले बताउनु भयाे।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.