‘निर्मला पन्तकाे घटनामा प्रहरीलाई कारबाही गर्दासमेत प्रहरीले जस पाएन’

‘निर्मला पन्तकाे घटनामा प्रहरीलाई कारबाही गर्दासमेत प्रहरीले जस पाएन’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कारपछि भएकाे हत्यामा कमजोरी गर्ने प्रहरीलाई कारबाही गर्दा पनि जस नपाएकाे बताए ।

आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले निर्मला पन्तकाे काण्डमा अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीले आफ्नो अनुसन्धानको कामलाई इमान्दारि पूर्वक गरेकाे दाबी गरे ।

उनले प्रहरीप्रतिकाे नकारात्मक धारणा न्यून बनाउने नभइ शुन्यमा  झार्ने अभियानमा रहेकाे स्पष्ट पारे । सुधारका लागि कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै उनले सबैकाे साझा प्रयास भए अपराध मुक्त समाज बनाउन सहज हुने बताए ।

कार्यक्रममा बाेल्दै खनालले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कसैलाई नछाड्ने बताए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.