ग्रेटर नेपालको अभियन्ता फणीन्द्र नेपाल पक्राउ

ग्रेटर नेपालको अभियन्ता फणीन्द्र नेपाल पक्राउ

ग्रेटर नेपालको अभियन्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले मंगलबार दिउँसो उनलाई चाबहिलस्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।

नरेशकुमार न्यौपानेले लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएको विषयमा उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेकाे हाे । उजुरी परेपछि अदालतबाट पक्राउ पूर्जी जारी गराएर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ । नेपालले भने उजुरी दिने न्यौपाने आफ्नो घरबेटी भएको बताउँदै आफूलाई फसाइएको दाबी गरेका छन् ।

फणीन्द्रले आफूले नेपाल बैंक लिमिटेडको ६ लाखको चेक २१ मंसिर ०७५ शुक्रबार भुक्तान गर्ने गरी दिएको उल्लेख गर्दै पैसा लिइसकेपछि पटकपटक चेक फिर्ता माग्दा पनि नदिएको दाबी गरेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.