आइजिपीको जनकपुर-काठमाडौं यात्रा, बाटोमा प्रहरी भेट्दै गुनासो सुन्दै

आइजिपीको जनकपुर-काठमाडौं यात्रा, बाटोमा प्रहरी भेट्दै गुनासो सुन्दै

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन जनकपुर पुगेका थिए।  जनकपुरबाट फर्कने क्रममा उनले जहाज चढेनन्। आफ्नै सवारी साधनबाट काठमाडौं आउने भन्दै शनिबार अपरान्ह जनकपुरबाट काठमाडौंका लागि हानिए।

जनकपुरबाट फर्कने क्रममा आइजिपी खनालले धनुषा, महोत्तरी, सिन्धुलीमा राजमार्गमा सुरक्षाका लागि खटेका नेपाल र ट्राफिक प्रहरी सबैसँग गाडी रोकेर छलफल गरे। उनीहरुको समस्या सुने ।

आइजिपीको जनकपुर-काठमाडौं यात्रा, बाटोमा प्रहरी भेट्दै गुनासो सुन्दै

Posted by Crimenews Nepal on Sunday, 28 April 2019

 

ड्युटीका क्रममा खटेका प्रहरी आइजिपी आफैँ गाडीबाट ओर्लेर समस्या सुनेपछि छक्क नै परे।  ‘यस अघिका आइजिपीहरु गाडीमा हुइकिन्थे, उहाँ गाडीबाट नै ओर्लिएर हाम्रा समस्याहरु सुने, सुरक्षाका केही टिप्सहरु दिए, ‘राजमार्गमा सुरक्षार्थ एक प्रहरीले भने।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.