५४ जना ईन्सपेक्टरले फुलि लगाए, के भने आइजिपीले

५४ जना ईन्सपेक्टरले फुलि लगाए, के भने आइजिपीले

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालयको वैशाख २० गतेको निर्णयले प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

दर्ज्यानी चिन्हद्वारा ५२ जना प्रहरी निरीक्षकहरु सुशोभित हुनुभएको छ भने १ जना हाल संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत र १ जना क्रिया बिदामा रहनुभएको छ । 

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठन सर्वोत्कृष्ट बनाउन अझै तीव्रता र दृढताकासाथ नेपाल सरकारको नीति अनुसार जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभयो । पदोन्नतिसँगै थप जिम्मेवार र लगनशील भई तोकेको दायित्व पुरा गर्नुपर्ने चर्चा गर्दै उहाँले भन्नुभयो, ‘विगतका नराम्रा बानी भए सबै छोडनुस्, नयाँ काम गर्न थप उर्जाका साथ तयार र एकजुट हुनुस् ।’

पदोन्नति अघि जुनिएर प्रहरी अधिकृतको रुपमा काम गरी उनीहरुका भावना, पीडा, मर्का र अवस्थाको जानकार भई ती कर्मचारीसँग सामिप्यता राखी काम गरेको अनुभवले अब सिनियर प्रहरी अधिकृतसँग पुलको रुपमा काम गरी संगठनको श्रीवृद्धिमा ठूलो भूमिका निर्वाह गर्ने दायित्व आएको प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । संगठनका १० बुँदे प्राथमिकतालाई मनन गरी तल्लो तहसम्म जानकारी गराउन र अक्षरस पालना गराउन उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक खनालले विध्वंसात्मक एवं गैर संवैधानिक गतिविधि नियन्त्रण गर्न संगठनको नीति निर्देशन र कानुनी प्रावधानमा रही विवेकपूर्ण निर्ममताकासाथ निडर भई स्पष्ट रुपमा अगाडि बढ्न निर्देशन दिनुभयो । हरेक काममा दक्ष हुनेतर्फ ध्यान दिई संगठनको मेरुदण्डको रुपमा रहेका मातहतका- कर्मचारीहरुलाई हौसला र प्रेरणा जगाउने गरी उर्जाका साथ काम गराउनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।

आर्थिक अनियमितता रोक्नेतर्फ सबै लाग्नुपर्ने चर्चा गर्दै उहाँले  पछिल्लो समय नेपाल प्रहरीले नराम्रो गर्छ भन्ने जनमानसको भावना घटेको पाइएको चर्चा गर्दै आगामी दिनमा अझै विवेक पुर्‍याएर काम गरी प्रहरीको छविमा उल्लेखनीय सुधार ल्याउनेतर्फ सबै कटिबद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.