दिल्लीमा एक नेपाली युवतीमाथि सामूहिक बलात्कार

दिल्लीमा एक नेपाली युवतीमाथि सामूहिक बलात्कार

दिल्लीमा एक नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

काठमाण्डौबाट आफ्नो भाइलाई भेट्न मुम्बई जाने क्रममा २४ वर्षीया ती महिला चार जना पुरुषबाट बलात्कृत भएकी हुन् ।

महिलाले बलात्कार गर्ने पुरुषहरुको नाम र एक जना पुरुषको फोन नम्बर प्रहरीलाई दिएको बताइएको छ। दिल्ली प्रहरीले ती चार जना पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ ।

पीडित महिलाले आफू काठमाण्डौबाट आएको बताएकी छिन् । उनले मुम्बई प्रहरीलाई दिएको बयानमा भनिएको छ, ‘म दिल्लीको द्वारका नजिकको एक बजारमा थिएँ । त्यहाँ एकजना पुरुषसँग भेट भयो र उनले मलाई शहरसम्म पुग्नको लागि सहयोग गर्छु भने ।

पीडित महिलालाई ती पुरुषले केही समय आराम गर्न भन्दै एउटा घरमा लिएर गए । घरमा पुगेपछि ती युवकले उनीमाथि यौन दुर्व्यवहार गर्न थाले । पछि उनले आफ्ना तीन जना साथीलाई बोलाए र ती महिलामाथि बलात्कार गरे । त्यस पछी उनी रेलमा चढेर मुम्बईसम्म आइपुगेको प्रहरील जनाएको छ ।

घटनाका सबै विवरण र पीडकको फोन नम्बर दिल्ली पुलिसलाई दिएको र दिल्ली पुलिसले नै घटनाको अध्ययन, अनुसन्धान गर्ने ओशिवारा पुलिस थानाका एक प्रहरी अधिकारीले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.