बाल यौन दुराचारीहरूको अन्तर्राष्ट्रिय गिरोह पक्राउ

बाल यौन दुराचारीहरूको अन्तर्राष्ट्रिय गिरोह पक्राउ

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले बाल यौन दुराचारीहरूको एउटा अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गरेको छ ।  इन्टरपोलले लामो अनुसन्धानपछि गिरोहका नौ जना सदस्यलाई थाईल्यान्ड, अस्ट्रेलिया र अमेरिकाबाट पक्राउ गरेको हाे ।

तीनजना बाहेक पक्राउ परेका अन्य व्यक्तिको भने परिचय सार्वजनिक गरिएको छैन। तर तीमध्ये केही अमेरिकामा भएको र सार्वजनिक पद धारण गरेको व्यक्ति भएको अमेरिकी सरकारका ब्याङ्ककस्थित प्रतिनिधि एरिक म्याक्लक्लिनले बताए।

गिरोहका सदस्य पक्राउ परेपछि तिनको कब्जाबाट ५० बालबालिका मुक्त भएका इन्टरपोलले जनाएको छ। सो गिरोहबाट एक सयभन्दा बढी बालबालिका पीडित भएको हुनसक्ने प्रहरीको अनुमान छ । पीडितमध्ये १५ महिने शिशु पनि छन्।

प्रहरीले फेला पारेका दृष्यहरमा बालबालिकाको अनुहार छोपिएको हुनाले अनुसन्धानकर्तालाई पीडितहरू को हुन् भनेर पत्ता लगाउन समस्या भएको बीबीसीले जनाएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.