दाङमा बस दुर्घटना हुँदा १० यात्रु घाइते

दाङमा बस दुर्घटना हुँदा १० यात्रु घाइते

पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको रिहारमा आइतबार राति बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

नारायणगढबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख १२६४ नम्बरको बस दाङको लमहीस्थित रिहारमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

आइतबार राति रिहार नजिकै जंगलमा शाैचकाे लागी बस राेकिएकाे थियाे । तर, राेकेकाे बस आफैँ गुडेर सडक करिब १५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस राेकेर चालक पनि शाैच गर्न बाहिर निस्किएका थिए ।

गम्भीर घाइते हुनेमा कैलालीको टिकापुर ८ बस्ने ६५ वर्षीय भागीराम डगौरा, उनकी श्रीमती ६० वर्षीया बेज्या चौधरी, कैलालीकै लम्किचुहा–६ बस्ने ३५ वर्षीय कृष्ण भण्डारी र डडेल्धुरा अमरगढी २ बस्ने ५० वर्षीय गोपाल सार्की छन् ।

सामान्य घाइते भएका यात्रुको लमहीमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि बाँकेको नेपालगंज लगिएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.