रसुवामा जिप दुर्घटना : ३ को मृत्यु, ३ बेपत्ता

रसुवामा जिप दुर्घटना : ३ को मृत्यु, ३ बेपत्ता

रसुवामा सोमबार साँझ जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता भएका छन् भने ५ जना घाइते भएका छन् ।

पोखराबाट रसुवाको गोल्जुङतर्फ आउँदै गरेको बा१०च ५८२० नम्बरको जीप मैलुङ–स्याँफ्रुबँशी सडकखण्डको कालिका र गोशाइँकुण्ड गाउँपालिकाको सीमा क्षेत्रमा दुर्घटना हुँदा आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङका ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षकै साहिली घले र ३५ वर्षीय मेन्दु घलेकाे मृत्यु भएको हाे ।

दुर्घटनामा परि साेही ठाउँका ३२ वर्षीय सवारी चालक निमा तामाङ , ३५ वर्षकी जौरानी घले, ५ वर्षीय फुर्बु याङजेन तामाङ, २९ वर्षीय योङ जुङ तामाङ र ३ वर्षीय निम छेवाङ तामाङ घाइते भएका छन् । प्रहरीका अनुसार, उनीहरुलाई नुवाकोटको त्रिशूली अस्पतालमा प्रारम्भिक उपचारपछि काठमाडौं पठाइएको छ ।

दुर्घटनामा परेर ४८ वर्षीय पासाङदे घले, १९ वर्षकी महिला कामी याङ्जेन तामाङ र २० वर्षकी ल्तेतङ घले बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

दुर्घटनाग्रस्त जिप सडकबाट १ सय मिटर तल नदीमा खसेर डुबेको छ । कच्ची र साँघुरो सडकका कारण जीप दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार, अहिले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.