ट्याङकर र यात्रुवाहक बस एकआपसमा ठक्कर खाँदा  १८ जना घाइते

ट्याङकर र यात्रुवाहक बस एकआपसमा ठक्कर खाँदा  १८ जना घाइते

चितवनमा ट्याङकर र यात्रुवाहक बस एकआपसमा ठक्कर खाँदा  १८ जना घाइते भएका छन् ।

गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नम्बरको यात्रुवाहक बस र बिपरीत दिसाबाट आउँदै गरेको  ना १ क ६४११  नम्बरको को ट्याङकर पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आइतबार बिहान एकआपसमा ठक्कर खाँदा बसमा सवार १८ जना घाइते भएका हुन् ।

घाइतेमध्ये चारको अवस्था गम्भिर रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये  ६ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही  पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अहिले दुबै बस र तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.