विदेशी टेलिभिजन च्यालन बन्द गर्ने विरुद्ध सीआईबीमा उजुरी

विदेशी टेलिभिजन च्यालन बन्द गर्ने विरुद्ध सीआईबीमा उजुरी

सरकारले लागू गर्न थालेको ‘क्लिन फीड’ नियमको विरुद्धमा २४ घन्टा विदेशी च्यालन बन्द गरेका इन्टरनेट तथा केबल टीभी सेवा प्रदायकविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबीमा उजुरी परेकाे छ ।

मञ्चले सुविसु केवल नेट प्रालिका सञ्चालक सुधिर पराजुली र वागेश्वरी केवल टेलिभिजन प्रालिका सञ्चालक लक्ष्मीनारायण शाहविरुद्ध उजुरी दर्ता गरेको हो ।मञ्चका उपमहासचिव अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले उजुरी दर्ता गरेका हुन् ।

उपभोक्ता हित संरक्षण मञ्चले सार्वजनिक सेवा बन्द गरेर उपभोक्ताको अधिकार हनन भएको भन्दै वागेश्वरी टेलिभिजन प्रालि नेपालगञ्जका प्रमुख लक्ष्मीनारायण शाह र सुुबिसु केवल नेटका प्रमुख सुधिर पराजुलीविरुद्ध सीआईबीमा उजुरी दिएकाे हाे ।

नेपाल केवल टेलिभिजन महासंघले क्लिन फिड लागू गर्ने सरकारको तयारीविरुद्ध सांकेतिक आन्दोलन गर्दै सोमबार दिउँसो तीन बजेदेखि विदेशी च्यानलहरु २४ घण्टाका लागि प्रसारण बन्द गरेको छ । च्यानलहरु मंगलबार दिउँसो तीन बजेपछि मात्र खुल्नेछन् ।

दर्ता नै नभएको इन्टरनेट तथा टेलिभिजन प्रदायक संघको नामबाट उपभोक्ताको अधिकार हनन भएको र विदेशी टिभी च्यानल बन्द गरेर अरबौँको नोक्सान गरेकोले उजुरी गरिएको पनि उपभोक्ता हित संरक्षण मञ्चले जनाएको छ ।

सार्वजनिक सेवा टेलिभिजन अवरुद्ध पार्ने अपराधजन्य कार्यमा संलग्न व्यक्तिलाई सजाय गर्न र अवरुद्ध सेवा सञ्चालन गरी उपभोक्ताको हित संरक्षण तथा पीडित उपभोक्तालाई क्षतिपूर्ति भराउनु आवश्यक रहेको मञ्चले उल्लेख गरेको छ ।

मञ्चले उजुरी दर्ता गरेका व्यक्ति आवद्ध केवुल तथा टेलिभिजन कम्पनीको कार्यालयमा रहेको उपभोक्तासँगको सझौता, कारोवार, प्रशारण सम्वन्धी सम्पूर्ण विवरण, कागजात तथा कप्युटर फाइल समेतको रेकर्ड झिकी बुझी अनुसन्धान गर्न समेत माग गरेको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.