५ जना भारतीय नागरिकले लिएको नेपाली नागरिकता रद्द

५ जना भारतीय नागरिकले लिएको नेपाली नागरिकता रद्द

सरकारले झुटो विवरण दिएर नेपाली नागरिकता बनाएका ५ जना भारतीय नागरिकका नाममा जारी भएका नागरिकता रद्द गरेको छ ।

धनुषा, सप्तरी र रौतहट जिल्ला प्रशासन कार्यालय नागरिकता लिएका ५ जनाको नागरिकता रद्द गरिएको सरकार प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए।

धनुषाबाट नागरिकता लिएका धमेन्द्र ठाकुर र अजयकुमार ठाकुर, सप्तरीबाट नागरिकता लिएका जीवनकुमार सिंह र रौतहटबाट नागरिकता लिएका जमुना राउत भन्ने यमुना सिंह र कृपाली राउत भनी चिनिने कृपाली सिंहको नागरिकता रद्द गरिएको उनले बताए।

भारतीय नागरिकलाई नेपाली नागरिकता दिन सहयोग गर्ने अधिकारीविरूद्ध अनुसन्धान थाल्न सरकारले प्रहरी प्रशासनलाई निर्देशन दिएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.