सामूहिक बलात्कारका मुख्य अभियुक्त दुई सातापछि पक्राउ

सामूहिक बलात्कारका मुख्य अभियुक्त दुई सातापछि पक्राउ

रुपन्देहीको गैडहवा गाउँपालिकामा गत असार २ गते राति भएको सामूहिक बलात्कारका मुख्य अभियुक्तलाइ घटनाको दुई सातापछि प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीले रुपन्देहीको गैडहवा गाउँपालिका–८ का २२ वर्षिय विष्णु थारुलाइ सामूहिक बलात्कारमा संलग्न भएको अभियोगमा पक्राउ गरेकाे हाे । बलात्कारमा संलग्न युवाहरुमध्ये प्रहरीले थारुलाई मुख्य अभियुक्तको रुपमा खोजी गरिरहेको थियो । थारुलाइ घटनाको दुई सातापछि रुपन्देहीकै सूर्यपुरा इलाकाबाट उनलाई शनिबार राति पक्राउ गरिएको हो ।

थारुमाथि जबरजस्ती करणी कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएकाे छ । उक्त बलात्कार घटनामा संलग्नको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रम गैडहवा गाउँपालिका संयोजक ३० वर्षीय जीवन ज्ञवाली यसअघि नै पक्राउ परेका छन् ।

घटनाको विवरण अनुसार दुईजना यवतीलाई स्थानीय विष्णु थारुले असार २ गते साँझ खाजा खान बोलाएका थिए । बेलुका खाजा खाएर फर्किदै गर्दा विष्णुले अन्य दुई युवालाई बोलाएर युवतीमाथि जबर्जस्ती गर्न थालेपछि एक युवती भागेकी थिइन् । अर्की युवतीलाई भने उनीहरुले बलात्कार गरेका थिए ।

गुहार माग्दै गएकी युवतीलाई युवाहरुले भेटेपछि उल्टै बलात्कार गरेको पीडितको भनाई उद्धृत गर्दै गैडहवा–९ का अध्यक्ष टेकबहादुरले बलालले बताए ।

घटना सार्वजनिक हुँदा बलात्कारमा १४/१५ जना युवा र पुरुषको समूह संलग्न भएको बताइए पनि युवतीहरु मदिराको नशामा भएका र अँध्यारोमा नचिनेका व्यक्तिबाट घटना भएकाले पीडकहरुको संख्या यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।

बलात्कारको शिकार भएका दुईमध्ये एकजना विवाहित र अर्की अविवाहित हुन् । उनीहरु विपन्न परिवारका भएको प्रहरीले बताएको छ ।

सामूहिक बलात्कारपछि गम्भीर बनेका दुवै युवतीको स्वास्थ्य उपचार गरिएको छ । चौधरीले घटना बाहिर नल्याउन धम्की दिएका कारण तीन दिनपछि मात्र घटना सार्वजनिक भएको थियो ।

उनीहरुको स्वास्थ्य उपचारका लागि गैडहवा गाउँपालिकाले १०–१० हजार रुपैयाँ दिएको अध्यक्ष बच्चुलाल केवटले बताए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.