भक्तपुरमा धारिलो हतियार प्रहार गरी दिउँसै महिलाको हत्या

भक्तपुरमा धारिलो हतियार प्रहार गरी दिउँसै महिलाको हत्या

भक्तपुरको चाँगुनारायण नगरपालिका- ७ खरीपाटी स्थित बाँसबारीमा एक महिलाको आज दिउँसै  धारिलो हतियार प्रहार गरेर हत्या भएको छ ।

सिन्धुपाल्चोकको बाँडेगाउँ घर भइ  सोही ठाउँमा सोनाम थापाको घरमाा डेरा लिएर बस्ने  ६० वर्षीय सावित्री भट्टराईको घाटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी रेवतीरमण पोखरेलका अनुसार घरमा कोही नभएको बेला उनको हत्या गरेर हत्याराहरु फरार भएका छन् ।

आर वन फाइभ मोटरसाइकलमा दुईजना व्यक्ति उनको डेरामा आएको र त्यसपछि हत्या भएको स्थानीयवासीले बताएका छन् ।

घटना बारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.