सर्लाहीमा भीड नियन्त्रणको क्रममा गोली लागेर एक जनाको मृत्यु

सर्लाहीमा भीड नियन्त्रणको क्रममा गोली लागेर एक जनाको मृत्यु

सर्लाहीमा भीड नियन्त्रणको क्रममा गोली लागेर आइतबार एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका-१३ का २७ वर्षीय केवल महतो छन्।

सर्लाही र महोत्तरीको सीमाना बाँकेमा भएको लगातारको दोहोरो झडपका क्रममा गोली लागेर महतोको मृत्यु भएको २ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले बताए।

उनका अनुसार बालक मृत्यु प्रकरणलाई लिएर आक्रोशित स्थानीयको भीड नियन्त्रणका क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको थियो। यसक्रममा डेढ दर्जन प्रहरी घाइते भएको कार्कीले बताए।

शनिबार ईश्वरपुर-१३ को एउटा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालक अमित रायको मृत्यु भएको थियो।

शनिबार रातभर प्रहरीले खोजे पनि आइतबार बिहान मात्र शव फेला परेको थियो।

‘शवको मुचुल्का उठाउने क्रममा स्थानीयले शव खोसेर राजमार्गमा आई प्रदर्शन गर्न थाले,’ डिआइजी कार्कीले भने, ‘यसक्रममा पटक-पटक झडप भयो।’

प्रहरीले भीड नियन्त्रणका क्रममा दर्जनौं राउन्ड अश्रुग्यास, रबर गोली तथा हवाई फायर गरेको थियो।

स्थिति नियन्त्रणमा नआएपछि जिल्ला सुरक्षा समितिको निर्देशनमा फायर गरेको र त्यसक्रममा एकको मृत्यु भएको डिआइजी कार्कीले बताए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.