आफ्नै छोरीले प्रेमीसँग मिलेर गराइन् आमाको हत्या

आफ्नै छोरीले प्रेमीसँग मिलेर गराइन् आमाको हत्या

भक्तपुरको चाँगुनारायण नगरपालिका- ७ खरीपाटी स्थित बाँसबारीमा आइतबार दिउँसाे भएकाे सावित्री भट्टराईको हत्या आफ्नै छोरीले प्रेमीसँग मिलेर गराएको खुलेको छ ।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा छोरीसहित चारजनालाई पक्राउ गरिसकेको छ । उनीहरुलाई आजै सार्वजनिक गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएकाे छ ।

सिन्धुपाल्चोकको बाँडेगाउँ घर भइ  सोही ठाउँमा सोनाम थापाको घरमाा डेरा लिएर बस्दै आएकी ६० वर्षीय सावित्रीको घाटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो ।

सावित्री छोरीकै घरमा बस्दै आएको अनुसन्धानबाट खुलेको छ । उनीसँगबाट २२ लाख रुपैयाँ पनि लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.