पशुपतिमा प्रहरीका पुर्व एआईजीले गरे सशस्त्र प्रहरी हवल्दारमाथि दुर्व्यवहार

पशुपतिमा प्रहरीका पुर्व एआईजीले गरे सशस्त्र प्रहरी हवल्दारमाथि दुर्व्यवहार

नेपाल प्रहरीका पूर्व एआईजीले ड्यूटीमा रहेका सशस्त्र प्रहरी हवल्दारमाथि हातपात गरेका छन् ।

सोमबार बिहान पशुपतिको मुल ढोकाबाहिर मन्दिर दर्शन गर्न पुगेका एआईजी विजयराज भट्टले सुरक्षा व्यवस्थापनमा खटिएका सशस्त्र प्रहरी हवल्दार शालिकराज सुवेदीमाथि दुर्व्यवहार गरेका हुन् ।

स्रोतका अनुसार दशनार्थीको लाइन मिलाउने क्रममा भट्टले गालीगलौज गर्दै सशस्त्र प्रहरी हवल्दार शालिक राम सुवेदीमाथि हात पात गरेका थिए ।

सशस्त्र प्रहरीका टोलीले मन्दिर छिरेका भट्टलाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको छ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.