प्रेमीसँग मिलेर आफ्नै आमाको हत्या, छोरीले १२ लाखमा खटाइन् अपराधी

प्रेमीसँग मिलेर आफ्नै आमाको हत्या, छोरीले १२ लाखमा खटाइन् अपराधी

भक्तपुरको चाँगुनारायणमा सावित्री भट्टराईको हत्या आफ्नै छोरीले प्रेमीसँग मिलेर गराएको खुलासा भएको छ ।

चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको थियो। हत्या अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चारजनालाई सार्वजनिक गरेको छ ।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा सिरहा विष्णुपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नैसाद, भारत जनक भगत ईडीका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारत मधुमनी रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिश र मृतककी कान्छी छोरी २७ वर्षीय ईश्वरी भट्टराईलाई सार्वजनिक गरेको हो ।

ईश्वरी पुरानो ठिमीका मोहम्मद नौसादसँग सम्बन्धमा थिइन् । यसबारे आमाले थाहा पाएपछि प्रेमीसँग मिलेर हत्याको योजना बनाएको पाइएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुलबहादुर थापाले बताए ।

‘आमाबाट कुरा बाहिर आउँछ भन्ने डरले आफ्नै प्रेमीसँग सल्लाह गरेर भाडामा दुई जना व्यक्तिलाई प्रयोग गरेको देखिन्छ’, थापाले भने ।

प्रहरीका अनुसार नासिदले महिलाको हत्या गर्न १२ लाख  रुपैयाँ दिने सहमतिमा भारतबाट दुई जनालाई काठमाडौं बोलाएका थिए।

रकम पाएपछि उनीहरुले चक्कु प्रहार गरेर सावित्राको हत्या गरेकाे खुलेको छ।

पक्राउ परेकामाथि ज्यान मुद्दामा म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.