शिक्षक बनाइदिन्छु भन्दै ६१ लाख रुपैयाँ ठगी गर्ने प्रधानाध्यापक पक्राउ

शिक्षक बनाइदिन्छु भन्दै ६१ लाख रुपैयाँ ठगी गर्ने प्रधानाध्यापक पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले २० जनालाई शिक्षक बनाइदिन्छु भन्दै ६१ लाख रुपैयाँ ठगी गर्ने प्रधानाध्यापकलाई पक्राउ गरेकाे छ ।

प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका–स्थित सामुदायिक प्राथमिक विद्यालय सगरदिनाका प्रधानाध्यापक ४३ वर्षीय अनिल कुमार ठाकुरलाई पक्राउ गरेकाे हाे ।

ठाकुरले पर्सा र रौतहटका जिल्लाका २० जनालाई शिक्षक बनाइदिने भन्दै प्रतिव्याक्ति २ लाख देखी ५ लाखसम्म लिएको अनुसन्धानमा खुलेको छ । उनले रकम लिएका व्यक्तिलाई नक्कली नियुक्तिपत्र समेत प्रदान गर्दै आएको खुलेको छ ।

बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.