संखुवासभामा प्रहरी-विप्लव समूहबीच फायरिङ

संखुवासभामा प्रहरी-विप्लव समूहबीच फायरिङ

संखुवासभामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच फायरिङ भएको छ।

सोमबार बिहान संखुवासभाको सिलिचोङ गाउँपालिकामा प्रहरी र विप्लवका कार्यकर्ताबीच सांकेतिक फायरिङ भएको हो। तर, दुवै पक्षमा कुनै क्षति भएको छैन ।

प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले हुइंला भन्ने स्थानमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेको बताए ।

उनले भने, ‘उनीहरुले फायर गर्दै जंगलतिर भागेपछि प्रहरीतर्फबाट पनि गोली चलेको छ । थप विवरण आइसकेको छैन ।’

‘घटनास्थलतर्फ थप प्रहरी पठाइसकिएको छ’,एसपी रमेश थापाले भने।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.