प्रहरी समायोजनको आधार तयार : आइजिपी सर्वेन्द्र खनाल

प्रहरी समायोजनको आधार तयार : आइजिपी सर्वेन्द्र खनाल

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी समायोजनको आधार तयार पारिसकेको बताउनु भएकाे छ ।

बिहीबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बाेल्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो । अहिलेदेखि नै प्रदेशको अभ्यास गरिरहेका छौं, समायोजनको निम्ति तयारी अवस्थामा छौं । सैद्धान्तिक कुरा मिल्नासाथ समायोजनको काम सकिने उहाँले  बताउनु भयाे।

कुन प्रदेशमा कति जनशक्ति चाहिन्छ भनेर प्रारम्भिक तथ्यांक तयार पारेको र अहिले २६ हजार जनशक्ति प्रदेशमा पठाएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा गृह सचिव प्रेम राईले नेपाल प्रहरीको समायोजनको क्रममा तह बढुवा गर्न नसकिने बताउँदै समायोजन रोज्ने निजामती कर्मचारीहरुको दुई ग्रेड र एक तह वृद्धि गरिएजस्तै प्रहरीमा पनि गर्नुपर्ने माग उठिरहेका बेला त्यसो गरिए अप्ठेरो पर्ने बताउनु भयाे।

तर, कस्तो खालको अप्ठेरो हो, उहाँले विस्तृतमा खुलाउनु भएन ।

गृह सचिव प्रेम राईले समायोजनको क्रममा डीएसपीभन्दा तलका सबै पद प्रदेशअन्तर्गत रहने र माथिको पद केन्द्र मातहत रहने भनेर प्रारम्भिक प्रस्ताव तयार पारेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयाे, ‘यसमा अझै गृहकार्य गरौं, हामी आज नै ठोस प्रस्ताव तयार पार्छौं र त्यसमा थप छलफल गरेर टुंगो लगाउँला ।’

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.