गाउँपालिका सदस्य चेपाङमाथि गोली प्रहार

गाउँपालिका सदस्य चेपाङमाथि गोली प्रहार

धादिङ,बेनीघाट रोराङ गाउँपालिका ८ का सदस्य रामजी चेपाङमाथि बुधबार राति गोली प्रहार भएको छ ।

गोठीभञ्जयाङस्थित आफ्नै घरमा बसीरहेकाे अवस्थामा चेपाङलाई गोली हानिएको थियो । गोली टाउकोमा लागेर सख्त घाइते भएका चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको छ ।

चितवनको राप्ती नगरपालिका १३ गाम्दा निवासी इन्द्रबहादुर चेपाङले गोली हानेको परिवारजनले जनाएका छ्न् ।

२ महिनाअघि गाम्दामा सञ्चालित कुमार चेपाङ छात्राबासमा बस्ने २ जना चेपाङ किशोरीलाई बलात्कार प्रयास गरेपछि मुद्दा लागेर फरार रहेका इन्द्रले नै गोली प्रहार गरेको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

बलात्कार मुद्दामा आफूलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गरेको रिसइबीमा गोली हानेको हुन सक्ने परिवारजनले बताएका छ्न् ।

गोली प्रहार गर्ने इन्द्रकाे खाेजी भइरहेकाे प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.