अत्याधुनिक हतियारसहित विप्लव माओवादीका कार्यकर्ता पक्राउ

अत्याधुनिक हतियारसहित विप्लव माओवादीका कार्यकर्ता पक्राउ

संखुवासभाबाट अत्याधुनिक हतियार र गोलीसहित प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीका  जिल्लास्तरीय एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीले मेवा खोला क्षेत्रबाट अत्याधुनिक हतियार एसएलआर एक थान, ११० राउन्ड गोली, एसएलआर र एलएमजीको एक–एक म्यागजिन सहित निमदोर्जे तामाङलाई पक्राउ गरेकाे हाे ।

सोमबार सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोली र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच सिलिचोङमा गोली हानाहान भएको थियो। गोली हानाहानमा कुनै क्षति भने भएको थिएन। त्यसपछि प्रहरीले सर्चलाई तिब्रा पारेको थियो।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.