नेपाल प्रहरीका १३ इन्सपेक्टरको सरुवा, को–कहाँ ?

नेपाल प्रहरीका १३ इन्सपेक्टरको सरुवा, को–कहाँ ?

प्रहरी प्रधान कार्यालयले प्रहरीका १३ इन्सपेक्टरको काज सरुवा गरेको छ ।

बसपार्कमा रहेका मोहन बिक्रम केसीलाई सामाखुसीस्थित पहरा गणमा सरुवा गरिएको छ । त्यस्तै, नयाँ बसपार्कमा इन्सपेक्टर सन्तोषकुमार दाहाललाई लगिएको छ ।

यस्तै कपिलवस्तु ट्राफिक प्रमुखमा टक्कर स्वाँर, इप्रका बिर्ता पर्सामा निर्मल पनेरू, वडा प्रहरी कार्यालय नेपालगन्जमा हरीबहादुर बस्नेत काज सरुवा भएका छन् ।

यस्तै बाँके ट्राफिकमा पविन्द्र बहादुर बम, इलाका प्रहरी कार्यालय लालबन्दीमा नारायण थापा,कल्याण महाशाखामा बासुदेव नेपाल काज सरुवा भएका छन् भने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग विभागमा हिरेन्द्र रोकाया काज सरुवा भएका छन् ।

यस्तै दङ्गा नियन्त्रण गण सुनवलमा बाबुराजा पन्त, जिल्ला प्रहरी कार्यालय बाँकेमा रणबहादुर बिष्ट, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा रेशम आचार्य ,अपराध महाशाखामा किरण न्यौपाने काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.