जीप दुर्घटना : तीनको मृत्यु, ६ घाइते (अपडेट)

जीप दुर्घटना : तीनको मृत्यु, ६ घाइते (अपडेट)

अर्घाखाँचीमा बिहीबार बिहान भएकाे जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुर्घटनामा ६ जना घाइते भएका छन् ।

कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु१ज १३२९ नम्बरको जीप सन्धिखर्क नगरपालिका-७ को सुपा देउराली मन्दिर नजिक पक्की सडकमा उकालोमा गुड्न नसकेर ब्याक भएपछि ३५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जीपका चालक अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ३ घर भइ कपिलवस्तुको शिवपुर बस्ने ५० वर्षीय सुमन्त भुसाल र अर्घाखाँची मालारानी गाउपालिका ३ का ३५ वर्षीय रुद्रप्रसाद भुसालकाे मृत्यु भएको छ भने अर्का अन्दाजी ४५ वर्षीय तराई मूलका व्यक्तिको भने नाम ठेगाना खुलेको छैन ।

दुर्घटनामा परेर २ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

जीप यान्त्रिक खराबीले उकालोमा गुड्न नसकेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.