अबिरल वर्षापछि आएको बाढीले बगाउँदा इन्जिनियरसहित २ जना वेपत्ता

अबिरल वर्षापछि आएको बाढीले बगाउँदा इन्जिनियरसहित २ जना वेपत्ता

अबिरल वर्षापछि आएको बाढीले बगाउँदा सिन्धुपाल्चोकमा शनिबार दुई जना वेपत्ता भएका छन् भने घाइते दुई जनालाई उद्धार गरी उपचार गर्न काठमाडौं पठाइएको छ ।

भोटेकोसी गाउँपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने मार्मिङ खोलाले बगाउँदा भोटेकोसी गाउँपालिकास्थित शिवश्री हाइड्रो पावरमा कार्यरत साइट इन्चार्ज यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार चौधरी वेपत्ता भएका हुन् ।

बाढीले बगाएका कामी तामाङ र लाफिङबुद्ध हाइड्रो पावरका पेम्बा थोक्याल शेर्पालाई उद्धार गरी उपचारकाे लागी  आइतबार बिहान हेलिकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

गएराति भोटेकोशी नदीमा आएको बाढीले नदी नजिकका चारवटा हाइड्रो पावरमा क्षति पुगेको छ । बाढीले निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी, ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी, शुभश्री र चाकुखोला हाइड्रोपावरमा क्षति पुगेको छ । क्षतिको पूर्णविवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.