अपराधी र भ्रष्ट व्यक्तिको संरक्षण प्रहरीबाट हुनै सक्दैनः सर्वेन्द्र खनाल

अपराधी र भ्रष्ट व्यक्तिको संरक्षण प्रहरीबाट हुनै सक्दैनः सर्वेन्द्र खनाल

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कानुनी राज्यमा अपराधी उम्कन नसक्ने र भ्रष्ट व्यक्तिको संरक्षक प्रहरी हुनै नसक्ने बताउनु भएकाे छ ।

जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा संचालित २–१७५औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी सेवा विशुद्ध रुपमा एक ब्यावसायिक, अनुशासित एवं मर्यादित सेवा हो भन्ने भावनाले प्रेरित भई दीक्षित प्रहरी कर्मचारीले व्यावसायिक जीवनको यस खुशियाली क्षणमा गरेको प्रणलाई आत्मसात गरी हरेक प्रहर क्रियाशील रहेर नागिरक र प्रहरीबीचको सम्वन्धलाई प्रगाढ तुल्याउन लाग्नुपर्ने बताउनुभयो ।

प्रहरी सेवामा कार्यरत रही सेवानिवृत्त हुँदा गर्वले छाती चौडा भएको महसुस हुनेगरी नागरिक र समाजको हितलाई नै सर्वोपरी ठानी कार्यसम्पादन गर्नुपर्ने आजको आवश्यकता रहेको औंल्याउँदै उहाँले भन्नुभयो, “नागरिक र प्रहरी समाजका अभिन्न अंग हुन् ।”

कानुनी राज्यमा अपराधी उम्कन नसक्ने, सामाजिक त्रास र भ्रष्ट व्यक्तिको संरक्षक प्रहरीबाट कहिल्यै हुन सक्दैन भन्नेतर्फ जोड दिँदै प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रतिबद्ध भएर लाग्न दीक्षित प्रहरी सहायक निरीक्षकहरुलाई निर्देशन समेत दिनुभयो ।

समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै प्रशिक्षार्थीहरुले सपथग्रहणको क्रममा लिएका प्रतिवद्वताहरु कदापी नविर्सिई कार्यक्षेत्रमा लाग्नुपर्ने बताउनुभयो ।

समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीले सपथग्रहणको क्रममा लिएका प्रतिवद्वताहरु कदापी नबिर्सि कार्यक्षेत्रमा लाग्नुपर्ने बताए । २०७५ साउन २७ गतेदेखि संचालित उक्त तालिममा ३ सय ५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.