डाइपरमा लुकाएर ल्याइएको ५ सय ग्राम सुनसहित विमानस्थलबाट एक पक्राउ

डाइपरमा लुकाएर ल्याइएको ५ सय ग्राम सुनसहित विमानस्थलबाट एक पक्राउ

आइतबार प्रहरीले त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलबाट डाइपरमा लुकाएर ल्याइएको ५ सय ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा काठमाडौं प्रहरी परिसर, टेकु र विमानस्थल सुरक्षा प्रहरी कार्यालयको संयुक्त टाेलीले  मोरङका लीलाबहादुर बस्नेतलाई उक्त सुनसहित पक्राउ गरेकाे हाे ।

वैदेशिक रोजगारीका क्रममा तीन वर्ष कतार बसेर फर्किने क्रममा एक जनाले डाइपर लगिदिनु भनेर निश्चित रकम दिने सर्तमा पठाएको बस्नेतले प्रहरी समक्ष बयान दिएका काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

बस्नेतले डाइपरको बटममा ‘रिङ’ बनाएर सुन ल्याएका थिए ।

सुनसहित पक्राउ परेका बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बोगटीले बताए ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.