बाहिरबाट हेर्दा टेलरिङ पसल भित्र लागुऔषध कारोबार

बाहिरबाट हेर्दा टेलरिङ पसल भित्र लागुऔषध कारोबार

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ललितपुरमा टेलरिङ पसल थाप्दै लागुऔषधको कारोबार गर्ने दम्पतीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाँउपालिका–७ का २५ वर्षीय सुरेन नगरकोटी र उनकी श्रीमती २१ वर्षीय अजिता गुरुङ रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट नियन्त्रित मनोद्विपक लागुऔषध डाईजेपाम १७८३ एम्पुल, बुप्रोनोर्फिन २१२१ एम्पुल र फेनारगन १२०१ एम्पुल गरी जम्मा ५१०५ एम्पुल र १ लाख ५० हजार नगद बरामद भएको छ । त्यस्तै टेलरिङ पसलबाट बिभिन्न ब्रान्डका मोबाइल सेट ३६ थान, आईप्याड ३ थान समेत बरामद भएको छ ।

उनीहरूले ललितपुर उपमहानगरपालिका-११ मा टेलरिङ पसल सञ्चालन गर्दै आएका थिए।

प्रारम्भिक अनुसन्धानबाट सुरेन नगरकोटी विगत लामो समयदेखि लागुऔषध एम्पुलको कारोबार गर्दै आइरहेको अनुसन्धानकाे क्रममा खुलेको छ।

नगरकोटीले लागुऔषध दिई मोबाइल सेट, आइप्याड तथा पावर बैंक धरौटीस्वरूप राख्ने गरेको खुलेको ब्युरोले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.