कस्तुरीको बिनासहित पूर्वमन्त्री शर्माका अंगरक्षक पक्राउ

कस्तुरीको बिनासहित पूर्वमन्त्री शर्माका अंगरक्षक पक्राउ

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले प्रतिबन्धित कस्तुरीको बिनाको कारोबार गरेको आरोपमा पूर्वमन्त्री दीनानाथ शर्माका अंगरक्षक प्रहरी हवल्दारलाई पक्राउ गरेकाे छ ।

प्रहरी टोलीले नेपाल प्रहरीको सुरक्षा महाशाखामा कार्यरत रही शर्माको अंगरक्षकका रुपमा खटिएका हवल्दार बमबहादुर चन्दलाई  कस्तुरीको बिनासहित सुकेधाराको डाँफे रेष्टुरेण्टबाट आइतबार साँझ पक्राउ गरेको हो।

पूर्वमन्त्री शर्माको सुरक्षाका लागि खटिएका उनको साथबाट प्रहरीले हतियार पनि बरामद गरेको छ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापाले शर्माको अंगरक्षकलाई नियन्त्रणमा लिएको पुष्टि गरे। एक जना प्रहरी हवल्दार पक्राउ परेको जानकारी भएको र कारण भने भोलि मात्रै थाह हुने उनले बताए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.