आईजीपी खनाललाई गृह जिल्लामा भव्य स्वागत, अपराध र अपराधी पत्ता लगाउने बिषयमा कसैसँग सम्झौता नगर्न  निर्देशन

आईजीपी खनाललाई गृह जिल्लामा भव्य स्वागत, अपराध र अपराधी पत्ता लगाउने बिषयमा कसैसँग सम्झौता नगर्न निर्देशन

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठन बिरुद्द काम गर्नेहरु नेपाल प्रहरीमा अट्न नसक्ने बताउनु भएकाे छ ।

आइतबार अपरान्ह गृह जिल्ला तनहुँ पुग्नु भएका आईजीपी खनालले अपराध र अपराधी पत्ता लगाउने बिषयमा कसैसँग सम्झौता नगर्न समेत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएकाे छ ।

भानु नगरपालिकाको टुहुरे पसल र म्याग्दे गाउँपालिकाको थर्पुमा आयोजित प्रहरी चौकी भवनको शिलान्यास कार्यक्रममा सहभागी हुनु भएका आईजीपी खनालले नेपाल प्रहरीको छबी उच्च पार्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

दुबै स्थानमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी खनालले नेपाल प्रहरीले कर्तब्यनिस्ट भएर देश र जनताको सेवा गर्दै आइरहेको बताउनु भएकाे थियाे।

थर्पुमा स्थानियबासीले आईजीपी खनाललाई भब्य स्वागत गरेका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.