सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा बनेपाबाट एक पक्राउ

सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा बनेपाबाट एक पक्राउ

जिल्ला प्रहरी कार्यालय काभ्रेले सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा एकजनालाई पक्राउ गरेको छ  ।

प्रहरीले बनेपास्थित चार दोबाटो भन्ने स्थानबाट सोमबार दिउँसो स्याङ्जाका खगेन्द्र प्रसाद पाठकलाई पक्राउ गरेकाे हाे ।उनी लोकसेवा आयोगको परीक्षा तयारीका क्रममा काभ्रेमा बस्दै आएका थिए ।

काभ्रेमा दुई साताअघि एक युवतीले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीले उजुरी दिएकी थिइन् ।

सिरिन्ज आक्रमण गराउन खोज्नेलाई कारबाही माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय बनेपामा घेराउ गरेका छन्।

जिल्ला प्रहरी कार्यालयले सिरिन्ज आक्रमण गराउन खोज्ने ती व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालिएको बताएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.