लागुऔषध प्रयोग गरी होहल्ला गर्दै आएका पोल्याण्ड नागरिक पक्राउ

लागुऔषध प्रयोग गरी होहल्ला गर्दै आएका पोल्याण्ड नागरिक पक्राउ

अवैध बाटाे भएर नेपाल प्रवेश गरी पछिल्लाे केही समयदेखि पर्यटकिय क्षेत्रमा पाेखरामा लागुऔषध प्रयोग गरी होहल्ला गर्दै आएका पोल्याण्डका नागरिकलाई पर्यटक प्रहरीले पाेखराबाट पक्राउ गरेकाे छ।

प्रहरीले पोल्याण्डका नागरिक राकोल मार्किनलाइ कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडबाट आइतबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले लेकसाइड, खहरे, पृथ्वीचोकसहितका क्षेत्रमा लागुऔषध सेवन गरी उछ्रिङखल गतिविधि गर्ने गरेका छन्। उनलाई आवश्यक कारवाहीका लागि अध्ययागनम कार्याालय पोखरामा बुझाइएको छ ।

भारतबाट नेपालमा अवैध बाटाे भएर प्रवेश गरेका उनको साथमा पासपाेर्ट तथा भिसा लगायतकाे परिचय खुल्ने कागजात नरहेकाे प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.