अनुसन्धान टिमलाई बलियो बनाउँदै हरेक अनुसन्धान सफल पार्न कटिबद्ध हुनुपर्ने : आईजीपी खनाल
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अनुसन्धान टिमलाई अझै बलियो बनाई हरेक अनुसन्धान सफल पार्न प्रहरी कर्मचारीहरु कटिबद्ध हुनुपर्ने बताउनुभएको छ ।
कास्कीको पोखरास्थित सम्पूर्ण प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत एवम् कार्यालय प्रमुखहरुलाई सोमबार पोखरामा निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।
अपराध अनुसन्धान एवं शान्ति सुरक्षा कायम गर्ने कार्यमा कानुनसम्मत कठोर बन्दै उत्कृष्ट काम गर्न प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । दक्षिण एशियामै नेपाल प्रहरी उत्कृष्ट भएको चर्चा गर्दै उहाँले अपराध अनुसन्धान, शान्ति सुरक्षा कायमको साथै समाज सुधारका काममा अझै उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्दै काममा चुस्त दुरुस्त रहनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले बर्दीको इज्जत र प्रतिष्ठा कायम राख्न असल चरित्र भएकासँग मात्र संगत गर्नुपर्नेमा जोड दिनुभयो । कार्यालय व्यवस्थापन, सरसफाई, व्यक्तिगत टर्नआउट लगायतका काममा विशेष ध्यान दिन निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले कार्यालयको अभिलेख, योजना र अनुगमनलाई थप चुस्त दुरुस्त रुपमा प्रस्तुत गर्नपर्ने बताउनुभयो ।
नेपाल प्रहरीका रणनीति, योजना र दृष्टिकोणहरु तल्लो तहसम्म पुर्याउन सबैले पहल गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले उच्च मनोबल र नैतिक परिवर्तनका लागि संगठनद्वारा अवलम्बन गरिएका नीतिलाई गम्भीरतापूर्वक लिई सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
सूचना प्रविधि, बेरुजु फर्छौट लगायतका काम कारबाहीमा नेपाल प्रहरी अब्बल भई पुरस्कृत भएको चर्चा गर्दै उहाँले सूचना व्यवस्थापन लगायतका कामतर्फ ध्यान दिई प्रहरीका सकारात्मक कामलाई प्रकाश पार्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उक्त अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेको समेत उपस्थिति रहेको थियो ।
अरु समाचार
कमाण्डो तालिमको दिक्षान्त समारोह
नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचा...
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...