भैसेपाटी प्रभागबाट तीनजना थुनुवा फरार

भैसेपाटी प्रभागबाट तीनजना थुनुवा फरार

ललितपुर स्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीनजना थुनुवा भागेका छन्।

ललितपुर प्रहरी स्रोतका अनुसार सोमबार राति शमसेर माझी, रुद्रलाल श्रेष्ठ र रवि कुमार तिमल्सिना हिरासतबाट प्रहरीको आँखा छलेर भागेका हुन् ।

चोरी मुद्धामा पक्राउ परेका उनिहरु भागेको ललितपुर प्रहरीले जनाएको छ। उनीहरुको खोजी भइरहेको परिसर प्रमुख एसएसपी रबिन्द्र धानुकले जानकारी दिए ।

सोमबार राति प्रभागमा रहेका डिउटी अधिकृतसहित चार जनालाई तत्कालै निलम्बनको प्रक्रिया थालिएको धानुकले बताए। थुनुवा भगाउन सहयोग गरेको आरोपमा प्रहरीहरुलाई निलम्बन गर्न लागिएको परिसरले जनाएको छ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.