नक्कली सुन देखाई ठगी गर्ने गिरोह पक्राउ

नक्कली सुन देखाई ठगी गर्ने गिरोह पक्राउ

महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टाेलिले नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ महिलासहित ५ जनालाई सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर नख्खु बस्ने चितवन भरतपुर महानगरपालिका-८ की ३९ वर्षीया टिनु घिमिरे पन्त, काठमाडौं महानगरपालिका-३० ठेगाना भएकी ३४ वर्षीया सस्मिता आचार्य, काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक बालचोक गाउँपालिकाका-१ घर भएका २२ वर्षीय उमेश सुनार, भक्तपुर कौशलटार बस्ने सुनसरी ईनरुवा नगरपालिका-७ घर भएका ३४ वर्षीय जिबन धामि चौधरी र काठमाडौं गोगंबु बस्ने गोरखा चमनुब्री गाउँपालिका-६ घर भएकी ६५ वर्षीया जाम्मु लामा रहेका छन् ।

सुनको कारोबार गर्ने व्यक्तिहरुको निगरानी राखी खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका –१६ बौद्ध पिपलबोटस्थित एमएस ज्वेलर्समा नक्कली सुन राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

पक्राउ परेका उनिहरुकाे साथबाट प्रहरीले SUISSE 1 KILO FINEGOLD 999.9 C253774 लेखिएको विस्कुट आकारको नक्कली सुन १ थान बरामद  गरेको छ ।

पक्राउ परेका उनिहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.