विप्लव समूहद्वारा वडा कार्यालयमा आगजनी , प्रहरी निरीक्षक घाइते

विप्लव समूहद्वारा वडा कार्यालयमा आगजनी , प्रहरी निरीक्षक घाइते

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बर्दियाको गेरुवा गाउँपालिका-६ को वडा कार्यालयमा आगो लगाएको छ।

सोमबार मध्यरातमा चन्द समूहले आगजानी गर्दा वडा कार्यालयको लेखाफाट जलेर पुरै नष्ट भएको छ । उनीहरुले कार्यालयका अन्य दुई कोठामा पनि आगजानी गरेको प्रहरीले जनाएको छ ।

वडा कार्यालयमा लागेको आगो निभाउन पुगेका इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक खेमबहादुर मल्ल घाइते भएका छन् ।आगो निभाउने क्रममा छानो खसेर घाइते हुनुभएका मल्लको नेपालगञ्जमा उपचार भइराखेको प्रहरी नयाब उपरीक्षक मदनजीत महराले जानकारी दिए ।

डीएसपी महराका अनुसार घटनास्थलमा चन्द निकट भेरी कर्णाली ब्युरोको पर्चा भेटिएको छ ।

घटनामा संलग्नको खोजी भइराखेको उनले बताए।यता गुलरिया नगरपालिका वडा नम्बर ७ र १२ मा पनि विप्लव समूहले ताला लगाएको उनले जानकारी दिए।

विप्लव समूहले पछिल्लो समय सूदुरपश्चिम र तत्कालीन भेरी कर्णालीका जिल्लाहरूका स्थानीय सरकारमा भ्रष्टाचार बढेको भन्दै तालाबन्दी र आगजनी गरिरहेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.