आईजीपी खनालद्धारा थानकोट वृत्तको आकस्मिक निरीक्षण

आईजीपी खनालद्धारा थानकोट वृत्तको आकस्मिक निरीक्षण

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आकस्मिक रुपमा महानगरीय प्रहरी वृत्त थानकोटको निरीक्षण गर्नुभएको छ ।

गृहजिल्ला तनहुँका विभिन्न कार्यक्रम सकेर काठमाडौँ फर्कने क्रममा प्रहरी महानिरीक्षक खनालले आकस्मिक रुपमा महानगरीय प्रहरी वृत्त थानकोटको निरीक्षण गर्नुभएको हो । सोही अवसरमा उहाँले थानकोट प्रहरीले चन्द्रागिरी क्षेत्रमा दिएको सुरक्षा अवस्था र समस्याबारे जानकारी लिनुभएको थियो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जग्गा अभाव र सुविधासम्पन्न भवनको अभावका कारण थानकोट प्रहरीले भोग्नुपरेको समस्याका बारेमा प्रहरी महानिरीक्षक खनालसमक्ष राख्नुभएको थियो ।

निरीक्षणकाे क्रममा खनालले पछिल्लो समय भएका कार्य र प्रगतीबारे जानकारी लिनुभएको थियो । सोही अवसरमा उहाँले सेवाग्राहीको समस्यासमेत सुन्नुभएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.