विमानस्थलबाट २९ हजार अमेरिकी डलरसहित एक पक्राउ

विमानस्थलबाट २९ हजार अमेरिकी डलरसहित एक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाईछिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेका छ ।

नेपाल एयरलाइन्सको उडान नं. आरए४०९ जहाजबाट काठमाडौंबाट हङकङ जाँदै गरेका मोरङको सुन्दरहरैँचा-९ घर भइ राहदानी नं. ०८००६७५७ वाहक ३९ वर्षीय पासाङ याल्मो तामाङलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडानतर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ् एरियामा चेकजाँच गर्ने क्रममा तामाङकाे  साथबाट प्रहरीले २९ हजार ९५० अमेरिकी डलर र हङलङ डलर ३७० बरामद गरेकाे छ ।

डलरसहित पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धानका लागि राजश्‍व अनुसन्धान विभागको जिम्मा लगाइएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.