विप्लव कार्यकर्ता र प्रहरी बिच गाेली हानाहान :  एक प्रहरी र विप्लव नेकपाका एक कार्यकर्ताको मृत्यु

विप्लव कार्यकर्ता र प्रहरी बिच गाेली हानाहान : एक प्रहरी र विप्लव नेकपाका एक कार्यकर्ताको मृत्यु

भोजपुरमा विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र प्रहरी बिच गाेली हानाहान हुँदा ड्युटिमा रहेका एक जना प्रहरी र विप्लव नेकपाका एक कार्यकर्ताको मृत्यु भएको छ।

भोजपुर बजारमा विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताले ड्युटिमा रहेका प्रहरीमाथि विहान ८ बजेर ३० मिनेटतिर आक्रमण गर्दा प्रहरी जवान सन्जिव राइको गोली लागेर मृत्यु भएको हो ।

त्यस्तै प्रहरी प्रतिकारमा उत्रदा विप्लव नेकपाका एक कार्यकर्ताको पनि प्रहरीले चलाएको गाेली लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज रहेको खुल्न आएको छ।

प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ। प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ ।

प्रदेश नम्बर १ प्रहरीले थप मद्धतका लागि टोली पठाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.