ओखलढुंगामा बस दुर्घटना: तीनको मृत्यु, १६ घाइते

ओखलढुंगामा बस दुर्घटना: तीनको मृत्यु, १६ घाइते

ओखलढुंगामा आज बिहान यात्रु बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस आज बिहान ३ बजेतिर सिद्धिचरण राजमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ डढुवामा दुर्घटना भएको हो ।

दुर्घटनामा बसचालक झपाका ४५ वर्षीय कृष्णबहादुर बस्नेत, दूधकुण्ड नगरपालिका–५ सोलुका ५२ वर्षीया माया थापा र सिन्धुली कमलामाइ नगरपालिकाकी अन्दाजी ३० वर्षीय लालबहादुर धामी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेकोले उनीहरुलाई उपचारको लागि एम्बुलेन्सबाट काठमाडौं लगिएको छ भने अन्य घाइतेहरुको घुर्मीको अस्ता र ओखलढुंगाको जनसेवा अस्पतालहरुमा उपचार भइरहेको छ ।

पानी परिरहेको अवस्थामा घुमाउरो बाटोमा बस चिप्लिएर २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.