शिक्षकको कुटपिटबाट विद्यार्थीको मृत्यु

शिक्षकको कुटपिटबाट विद्यार्थीको मृत्यु

कञ्चनपुरमा शिक्षकको कुटपिटबाट एक विद्यार्थीको मृत्यु भएको छ ।

जिल्लाकाे भीमदत्त नगरपालिका-१७ माझगाउँस्थित महाकाली बाल विद्यालयमा कक्षा ९ मा अध्ययनरत माधव कलौनीकाे मृत्यु भएको हाे ।

शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका कलौनीकाे उपचारका क्रममा गएराति भारतको रामवर्ती अस्पतालमा मृत्यु भएको हो । शिक्षकको कुटपिटबाट कलौनीको दायाँ खुट्टा भाँचिनुका साथै टाउको र छातीमासमेत गहिरो चोट लागेको थियो ।

बालकको मृत्युपछि प्रहरीले कुटपिटमा संलग्न भएको अभियोगमा सो विद्यालयका चार शिक्षकलाई आज विहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा विद्यालयका प्रिन्सिपल यशोदा जोशी, शिक्षकहरु लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्री रहेका छन् ।

विद्यालय बाहिर साथीभाईसँग झगडा गरेको विषयलाई लिएर शिक्षकहरुले उनीमाथि गत १३ असारमा कुटपिट गरेका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.