भैंसेपाटी प्रहरी हिरासतबाटै फरार रहेका दुई थुनुवा पक्राउ

भैंसेपाटी प्रहरी हिरासतबाटै फरार रहेका दुई थुनुवा पक्राउ

महानगरीय प्रहरी प्रभाव भैसेपाटीको हिरासतबाट मंगलबार फरार भएका तीन जना थुनुवामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार उनीहरुलाई काठमाडौंस्थित बौद्धको जम्बुडाँडाबाट पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा शमसेर माझी र रुद्रलाल श्रेष्ठ रहेका छन्। मंगलबारराति तीन जना थुनुवा हिरासतको ग्रिल तोडेर भागेका थिए ।

मंगलबार  हिरासतबाट भाग्नेमा शम्शेर माझी, रुद्रलाल श्रेष्ठ र रविकुमार तिमल्सिना रहेको प्रहरीले जनाएको छ। भागेका तिमल्सिना भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

उनीहरु चोरी र लागुऔषध मुद्दामा केही दिनअघि पक्राउ परेका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.