कर्णाली जीप दुर्घटनाको २२ दिन पछि भेटियो उपाध्यक्षको शव

कर्णाली जीप दुर्घटनाको २२ दिन पछि भेटियो उपाध्यक्षको शव

जीप दुर्घटाना भएको २२ दिन पछि खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीको शव भेटिएको छ ।कर्णाली नदीमा जीप खसेको २२ दिनपछि बुधबार शाहीको शव भेटिएको हो ।

सर्केगार्ड गाउँपालिकाको वडा नम्बर–४को नागर स्थित कर्णाली नदीको किनारमा बिहान ११.०० बजे भेटिएको हो  ।कर्णाली नदीको किनारमा महिलाको लास भेटिएको खबर आएपछि सिमकोट बिमान स्थलबाट हेलिकोप्टरमा घटना स्थलमा जानु भएका प्रमुख जिल्ला अधिकारी धोलक राज ढकालले लाश उपाध्यक्ष हमालकै भएको बताउनुभयो ।

मृतक हमालका श्रीमान धिरेन्द्रबहादुर शाहीले औलाको औंठीका आधारमा आफ्नी श्रीमति हमाल नै भएको जनाए पछि नियम अनुसार प्रक्रिया मिलाएर मृत घोषित गरि खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल र श्रीमान शाहीको जिम्मा लगाएको उहाँले बताउनुभयो ।

गत असार ३ गते खार्पुनाथ गाउँपालिकाको बेडु बिसौनी र कैलावालु क्षेत्रमा लु१ज ७१६६ नम्बरको जीप कर्णाली नदीमा खस्दा खस्दा उपाध्यक्ष शाही सहित ११ जना बेपत्ता भएका थिए । घटना भएको २२ दिन पछि उपाध्यक्षको शब भेटिएको हो भने अन्य दश जना भने अझै बेपत्ता अबस्थामा नै रहका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.